नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ३२ पुग्यो

काठमाण्डौं ,शुक्रबार असार १९ गते ।
नेपालमा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।


नेपालमा संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ । यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको डा.गौतमले जानकारी दिनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार