थप तीन जनामा कोरोना संक्रमण पुष्टि,म्याग्दीमा थप पाँच जनाले जिते कोरोना

बेनी ,शुक्रबार असार १९ गते ।
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ का २४ बर्षिय एक पुरुष र रघुगंगा गाउँपालिका–२ र ३ का २७ र ४७ बर्षिय दुई जनामा गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी स्थित म्याग्दी क्याम्पसमा बसेका २४ बर्षिय पुरुष भारतबाट आएका थिए ,भने न्यु वेष्ट प्वाइन्ट आवासिय माविमा बसेका २७ र ४७ बर्षिय पुरुष साउदी अरब र भारतबाट आएका थिए । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १९ पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमित तीनै जनालाई बेनी स्थित आइसोलेसनमा भर्ना गरिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । हालसम्म म्याग्दीमा निको भएर घर फर्किनेको संख्या ५ पुगेको छ ।

यसैगरी बेनी स्थित आइसोलेसन कक्षमा उपचाररत थप पाँच जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक पुरुषको तेस्रो पीसीआर नमुना ,तीन पुरुषको दोस्रो पीसीआर नमुना र एक महिलाको दोस्रो पीसीआर नमुना नेगेटिभ आएपछि उनिहरुलाई शनिबार विदाई गर्ने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार