वाखेतमा क्लबको भवन निर्माण

नारायण राई
बेनी ,शनिबार असार २० गते ।

म्याग्दीको बेनी नगरपालिका–१० ,वाखेतमा क्लबको भवन निर्माण गरिएको छ । वडा कार्यालयको २० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा वाखेत स्थित घार सुना लालिगुराँस युवा क्लबको भवन निर्माण गरिएको हो ।

चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित २० लाख रुपैयाँ र स्थानीय बासीको तीन लाख ४० हजार रुपैयाँ बराबरको श्रमदानमा सो भवन निर्माण गरिएको भवन निर्माण उपसमितिका सदस्य छकबहादुर राम्जालीले जानकारी दिनुभयो ।उहाँका अनुसार साे भवनमा चार वटा कोठा बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार