लायन्स फाउन्डेसनद्वारा जनकल्याण माविलाइ आर्थिक सहयोग

अमित विश्वकर्मा

बेनी ,बुधबार असार २४ गते ।
नेपाल लायन्स फाउन्डेसनले म्याग्दीको बेनि नगरपालिका –५ ,पुलाचौरमा रहेको जन कल्याण माबिलाइ आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं धौलागिरीका अध्यक्ष लायन बेदनाथ सुबेदिले बिद्यालयका प्रधानाध्यापक कमल पौडेललाइ पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय–३२५ बि १ को अक्षय कोषमा रहेको छ करोड रुपैयाँको ब्याजबाट प्राप्त रकम लायन्सले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । सामाजिक सेवामा समर्पित लायन्स क्लबले आफ्नो कोषको ब्याजबाट प्राप्त रकम जनकल्याण माबिको शौचालय मर्मतका लागि सहयोग गरिएको लायन्स अन्तर्राष्ट्रिय –३२५ बि १ का को–चिफ एड्भाइजर चन्द्र कुमार केसीले बताउनुभयो ।

विद्यालयको समस्या हेरि आर्थिक सहयोग उपलब्ध गराएकोमा प्रअ पौडेलले लायन्स क्लबलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रम को–चिफ एड्भाइजर केसिको प्रमुख आतिथ्यता, र स्पेसल सेक्रेटरिएट एड्भाइजर सन्तोष रावलको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार