म्याग्दीका डिएसपी बुढा मगर नेपाल प्रहरीको एसपीमा बढुवा

काठमाण्डौं शनिवार माघ २६ गते । नेपाल प्रहरीबाट २६ डिएसपी एसपी पदमा बढुवा हुनेमा म्याग्दीका डिएसपी बिरबहादुर बुढा मगर पनि छनौट हुनु भएको छ । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा डिएसपी बुढा मगर एसपी पदमा बढुवा हुनुभएको सेतोपाटीले लेखेको छ ।

फाइल फाेटाे

शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा बुढा मगर सहित निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाउनुभएको छ ।


यसरी बढुवा हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहनु भएको छ ।

म्याग्दीको कार्यभारको जिम्मेवारी सम्हाले संगै चर्चा कमाउनुभएका बुढा मगर यस अघि नेपाल प्रहरीले लिएको यस वर्षको अन्तर जिल्ला प्रहरी कार्यालय कार्यदक्षता मुल्याङ्कनतर्फ द्वितीय हुनु भई पुरस्कृत हुनुभएको थियो । साथै प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार