माग पहिचानसम्बन्धी अन्तत्र्रिmया

बेनी आइतबार फागुन १२ गते ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा आइतबार तालिमको आवश्यकता वा माग पहिचानसम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र काठमाडौंको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा अन्तत्र्रिmया एवं छलफल कार्यक्रम गरिएको हो ।

अन्तत्र्रिmया कार्यक्रमको सहकारी प्रशिक्षक नारायण कार्कीले सहजीकरण गरेका थिए । उनले सहकारी, लेखा व्यवस्थापन, सहकारीको ऋण व्यवस्थापन, सहकारीका गतिविधि, मुल्यमान्यता, जिल्ला सहकारी संघले गर्नुपर्ने कामका विषयहरुमा सहजीकरण गरेको जिल्ला सहकारी संघ म्याग्दीका सचिव ज्योती लामिछानेले जानकारी दिएकी छिन् ।

तालिममा म्याग्दीको बेनी नगरपालिका क्षेत्र र छिमेकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संघसंस्थाका सञ्चालक तथा कर्मचारीहरुले सहभागिता जनाएका थिए । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा ४० जना सहभागी भएका थिए । सहकारी संघले जिल्लामा सहकारीसँग सम्बन्धित गतिविधिहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार