ज्यामरुककोट समाज नेपालद्धारा गरिब तथा असहायलाई ४० हजार सहयोग

ध्ुा्रबसागर शर्मा
म्याग्दी मंगलबार फागुन १४ गते

ज्यामरुककोट समाज नेपालले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका तीन जना गरिब तथा असहाय बालबालिका र व्यक्तिको पढाई खर्च र उपचारका लागि रु ४० हजार सहयोग गरेको छ ।


रोजगार,अध्ययन र बसाइसराइ लगाएतका कारणले ज्यामरुककोटबाट देश विदेशका विभिन्न ठाउँहरुमा पुगेका ज्यामरुककोटेहरुको संस्था ज्यामरुककोट समाज नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो गाउँका गरिब र असहायहरुको उपचार र अध्यनका लागि सो रकम सहयोग गरेको हो ।

गत असोजमा घर लिप्ने रातोमाटो खन्ने क्रममा मड्किनोमा माटोले पुरिएर मृत्यु भएकी बेनपा २ ज्यामरुककोट फापरखेतकी कल्पना बोहराका छोरा मिलन बोहोराको अध्ययनका लागि रु १५ हजार सहयोग गरेको ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले जानकारी दिनुभएको छ ।

त्यसैगरी क्यान्सरका कारण गत दशैंका दिन मृत्यु भएकी खवराकी सिता घिमिरेका दुई छोरी सन्ध्या र साधनाको पढाईमा सहयोगका लागि १५ हजार रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
ज्यामरुककोट समाजले विपद्मा परेका,आर्थिक अवस्था कमजोर भएका, असहाय र उपचार गर्न नसकेका व्यक्तिहरुलाई विगत तीन वर्षदेखि सहयोग गर्दै आएको छ । यसका साथै समाजमार्फत देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुले ज्यामरुककोट भित्रका विद्यालयहरुलाई सहयोग र छात्रवृत्तिका लागि अक्षय कोष पनि स्थापना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार