बोलेरो दुर्घटना

म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो जीपमा चालकसहित ६ जना सवार थिए । ६ जना मध्य तिन जना घाइतेलाई बेनी अस्पतालमा उपचारका लागि लिएको थियो । १९ बर्षिय युवती बबिता घर्तिमगर र चालक २९ बर्षिय होम बहादुर चोचाङ्गी उपचारपछि घर फर्किएका छन् ।

भने मंगला गाउँपालिका ३ स्थित आल्टाकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । तस्विरः लोकेश पुन मगर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार