दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो ।


जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि र पत्रकार सहितको टोलीले बेनी बजार,अन्नपूर्णको पोखरेबगर,भुरुङतातोपानी,रघुगंगाको मौवाफाँट,मंगलाको बावियाचौर,मालिकाको दरवाङ र धौलागिरीको ताकम र मुनाका पसल तथा होटलहरुको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।


धवलागिरीको वडा नं ७ ताकम ,धारापानी र वडा नं ३ मुना र फालिया गाउँमा संचालित पसल तथा होटेलको अनुगमन गरिएको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय बेनीका कोष नियन्त्रक चन्द्र शेखर सापकोटाको नेतृत्वमा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला े, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल ,प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार,म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्ष किरण थापा र ताकम इलाका प्रहरी कार्यालयको टोलीले १२ किराना पसल ,होटेल र दुई औषधी पसलको अनुगमन गरेको थियो ।


अनुगमनको क्रममा दर्ताविनै पसल संचालन ,अनुमति बिना औषधी पसल संचाल र जुस, भुजा, मासु लागाएतको खाद्धन्नहरुमा उपभोग्य मिति समाप्त भएको र सडेको भेटीएका सामाग्रीलाई अनुगमन टोलीले जफट गरि नस्ट गरेको थियो ।

भने दर्ता नभएका पसलहरुलाई तत्काल दर्ता गर्न निर्देशन दिइएको लेखा नियन्त्रक सापकोटाले जानकारी दिनुभयो ।नियमति रुपमा हरेक महिनाको ६ गते बजार अनुगमन गरिने प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार