कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक

म्याग्दी,आइतबार साउन १९गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो ।

यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीजका आमाले पकाएको दर राम्रो ल्याएकी हुन ।

आमाले पकाएको दर राम्रो गीतमा गोविन्द मध्र आचार्यले संगीत दिएका छन भने संगीत संयोजन पनि आचार्यकै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन ।


यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलालो सम्पादन गरेका छन् । गीतमा गायिका स्वयम र चाहना राना मगरले नृत्य गरेका छन् ।
भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार