युवा सञ्जालमा राजनीतिक हस्तक्षेप

म्याग्दी ,शनिबार साउन ३२ गते ।
युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो ।

पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा सञ्जाल शनिवारको अधिवेशन पछि क्रियाशिल युवाहरु असन्तुष्ट बनेका छन् । समिति चयनमा असन्तुष्ट जनाउँदै सञ्जालमा क्रियाशिल युवाहरु वाहिरिएका हुन ।

‘स्वयंमसेवकको रुपमा युवाहरु संगठित भएर सामजिक कार्यमा लागेका थियाेंै’ असन्तुष्ट एक युवाले भन्नुभयो’ ‘युवा सञ्जालमा राजनीतिक हस्तक्षेप गरी तहसनहस पार्ने काम भयो ।’ राजनीतिको गन्ध समेत नभएको युवाहरुको समुहमा राजनीति घुसाएर सञ्जाललाई विवादमा ल्याउने काम भयो उहाँले भन्नुभयो ।

शनिबार अधिवेशन गर्ने भन्ने कुनै पुर्व जानकारी थिएन एक सदस्यले भन्नुभयो क्याम्पसबाट एक हुल युवाहरु ल्याएर बहुमतको धम्की देखाउँदै समिति चयन गरियो । पुर्व जानकारी विनै यसरी नेतृत्व चयन नगरौं भन्दा आक्रमणको समेत प्रयास भयो यसबाट हामिलाई दुःख लागेको छ ति सदस्यले भन्नुभयो ।
यहि साउन ११ गते बसेको बैठकले प्रथम अधिवेशन गर्ने तयारी बैठक बस्ने निर्णय भएको थियो युवा सञ्जालका सचिव छवि आचार्यले भन्नुभयो । ‘साथिहरुले एक्कासी अधिवेशनै गर्नुभयो, हामिलाई ठिक लागेन त्यसैले हामि क्रियाशिल सदस्यहरु बाहि¥यौं, आचार्यले भन्नुभयो ।

विवादका विच सन्दिप शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा अन्जु शाही,प्रवक्त्तामा दिपक शर्मा, द्दितिय उपाध्यक्षमा उदय सुन्दास ,कोषाध्यक्षमा शान्ता मिजार ,सह कोषाध्यक्षमा गणेश सुवेदी , सचिवमा अनिल पौडेल, र सहसचिवमा सुविन विश्वकर्मा सहित ९ सदस्यिय कार्यसमीती चयन गरिएको छ ।

कार्यक्रममा सिविनका सहजकर्ता रञ्जना श्रेष्ठ , छवी आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो । बालवालिकाको हकहितका लागी र बालविवाह न्युनिकरण तथा समाजमा हुने विक्तृति हटाउनका लागी सञ्जालले कार्यहरु गर्नुपर्ने सिविनका कार्यक्रम संयोजक बसन्त ढुंगानाले बताउनुभयो ।
अधयक्ष सन्दिप शर्माको अध्यक्षता र अनिल पौडेलको संचालनमा प्रथम अधिवेशन सम्पन्न भएको थियो । युवा सञ्जालले भदौ ७ गते म्याग्दी अस्पताल परिसरमा सरसफाई गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार