आर्थिक अनियमितता भएको भन्दै खेलकुद विकास समिति म्याग्दी विरुद्ध अख्तियारमा उजुरी

साधन राम्जाली
म्याग्दी,शुक्रबार भदौ ६ गते ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले छानविन थालेको अख्तियारले जनाएको छ ।

हरेक बर्ष जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयव्यय सार्वजनिक नगरेको र खेलकुद लगायतका सामान खरिद गर्दा वास्तविक मुल्य भन्दा बढीको मुल्य बनाई आर्थिक हिनामिना गरेको भन्दै छानविन गर्न माग गर्दै अख्तियारको कार्यालय पोखरामा बेनामी उजुरी परेपछि छानविन थालेको आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताउनुभयो ।

यता खेलकुद विकास समिति कार्यालय म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले पनि खेलकुद विकास समिती म्याग्दी विरुद्ध अख्तियारमा उजुरी परेको स्विकार गर्नुभएको छ । अख्तियारले मागेका विवरण तथा आवश्यक कागजात पेश गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उजुरी माथि अख्तियारले छानविन थालेको जानकारी दिनुभयो ।

‘खेलकुद लगात विभिन्न सामान खरिद गर्दा आर्थिक हिनामिना गरेको र बार्षिक सार्वजनिक गर्नुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यवय सार्वजनिक नगरेको विषयमा छानविन गर्न माग गर्दै बेनामी उजुरी परेको छ, सूचना अधिकारी रिजालले भन्नुभयो’ अख्तियारले उजुरीको विषयमा अनुसन्धन थालेको छ ।’
यता कार्यालय प्रमुख राईले भने खेलकुद विकास समितिमा कुनै आर्थिक अनियमितता नभएको जिकिर गर्दै व्यक्तीगत रिसिविका कारण कसैले अख्तियारमा बेनामी उजुरी हालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार