नाइस टिभी तथा मगर्स क्रियसनका सिइओ पुन मगर सम्मानीत

काठमाडौं,सोमबार भदौ ९ गते । नाइस टेलिभिजन तथा मगर्स क्रियसनका सिइयो आशिर्वाद पुन मगर सम्मानित हुनुभएको छ । विदेशबाट नेपाल आएर लामो समयदेखी व्यवसाय तथा विभिन्न माध्यमबाट समाजलाई महत्वप्र्ण योगदान दिएको भन्दै लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टरनेशनल अफ इन्डक्सन र इन्स्टलेसन कार्यक्रममा सिइयो पुन मगर सम्मानित हुनुभएको हो ।

इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं क्रियटिभ यूथ इन्टलेशन अफ इन्डक्सन कार्यक्रममा गर्भनर अनुराधा कोइरालाले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै गर्भनर कोइरालाले समाज परिवर्तनका लागि लायन्स क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो ।

उहाँले महिला तथा बालबालिकाको समस्या अहिलेको प्रमुख भएको बताउनुहुँदै यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै कोइरालाले रजस्वलाको पितृसतात्मक सोचको खण्डन गर्दै त्यस विरुद्ध आवाज उठाउने बताउनु भयो ।

कार्यक्रममा समाजमा टेवा पु््याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सिइयो पुन मगर सहित अन्य विभिन्न व्यक्तीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा विदेशबाट नेपाल आएर थुप्रै व्यवसायहरु संचालन गरि सयौँलाई रोजगारी दिएर व्यवसायको माध्यमबाट समाज परिवर्तन र देशको आर्थिक सम्मृद्धि उकास्न ठुलो भूमिका खेलेकोमा, लायन्स क्लब इन्टरनेसनलको इन्डक्सन र इन्स्टलेसनमा नाइस टेलिभिजन तथा मगर्स क्रियशनका सिइओ पुन मगर सहित वरिष्ठ पत्रकार दिपक श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, गरिमा पौडेल, सुरेश डंगोल तथा श्याम प्रसाद रेग्मि रहन्भभएको छ ।सम्मान कार्यक्रममा सम्मानीत भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवम सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्री राजनले प्रतिज्ञा गराउनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार