महिला संघ म्याग्दीको कार्यकता पशिक्षण, सामाजिक विभेद हटाउनुपर्नेमा जोड

अनिल पौडेल
म्याग्दी,सोमबार भदौ १० गते ।
नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहको २३ औ.स्मृति दिवस म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा मंगलबार सदरमुकामा बेनीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरि मानइएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विवेद हटाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं संविधान सभा सदस्य कमला पन्तले घरमा नै महिला पुरुषमा विभेद हुने गरेको भन्दै पहिला आफ्नो घरको विभेद अत्य गर्ने समाजमा हुने महिला माथीको दमन हटाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविद्यानमा ३३ प्रतिशत महिला अधिकार भएता पनी त्यो सेता पानामा मात्र सिमित भएको बताउनुभयो । आफ्नो अधिकारको लागी लड्नु पर्ने अबस्था आउनु देशको विड्म्बना रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रसका म्याग्दी सभापती खम्बीर गर्बुजाले अहिलेको सरकारले नै महिला माथी अन्याय गरेको बताउनुभयो । उहाँले निर्मला पन्तको हत्यारा समेत पत्ता लगाउन नसक्नु सरकारको कमजोरी भएको भन्दै महिलाको अधिकारका लागी काँग्रेसले सधै लागी रहेको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका निर्वतमान सभापती तथा पूर्व साँसद रेशम बहादुर बानियाँले अहिलको सरकारले अधिकार दिने भन्दा पनी बढी अधिकार खोस्ने काम गरिरहेको आरोप लगाउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व राष्ट्रिय उपाध्यक्ष रिता खना, महिला संघकी पूर्व महासचिव शारदा पौडेल, नेपाल महिला संघ बाग्लुङकी अध्यक्ष शकुन्तला शर्मा, पर्वतकी सचिव मन लामिछानेले महिला राट्रपति भएको देशमा नै महिला पछाडी परेको भन्दै अब अग्रसर भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख तथा पार्टी सचिव हरिकुमार श्रेष्ठ, उपभापती माधव प्रसाद रेग्मी लगाएले मतव्य राख्नुभएको थियो । कार्यक्रम महिला संघकी उपाअध्यक्ष उपाध्यक्ष निर्मला श्रेष्ठको स्वागत अध्यक्ष बिमला गौचनको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव सृजना श्रेष्ठले गर्नुभएको थियो । महिला संघले पशिक्षण कार्यक्रमको अवसरमा महिलाहरुकोलागी दर खाने कार्यक्रम पनी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार