मोना अष्ट्रेलियाद्धारा आयोजना हुन लागेको पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार

म्याग्दी ,बुधबार भदौ ११ गते ।
परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आयोजना गर्दैछ। सिड्नीको लिड्कम स्थित ध्थबतत एबचप ीष्मअयmदभ ल्क्ध् मा हुने उक्त कार्यक्रममा नेपाल चर्चित कलाकारहरु सुगम पोखरेल, शिव परियार, तृष्णा गुरुङ र गगन पुनको सांगेतिक प्रस्तुतिहरु रहनेछन् ।

म्युजिक र स्पोर्ट्स फेस्टिभलको पहिलो कार्यक्रम स्वरुप गत हप्ता भलिबल र बास्केटबलका खेलहरु सम्पन्न भइ सकेका छन् । जस्मा पुरुष भलिबल तर्फ सिड्नीका ९ र मेलबर्नको एक टिम गरि १० टिमको सहभागिता थियो । प्रतियोगितामा ढोरपाटन कल्बले सबै टिमलाई उछिन्दै प्रथम ९ च्याम्पियन ० बनेको छ भने छन्त्याल परिवार दोश्रो बनेको छ, यसरि नै महिला भलिबल तर्फ मोना अष्ट्रेलिया टिम प्रथम र जलजला परिवार दोश्रो बनेको छ। गत हप्ता नै सम्पन्न बास्केट बल प्रतियोगितामा सहभागी ८ टिम मध्ये मोना अष्ट्रेलिया टिम प्रथम र थकाली सेवा समिति दोश्रो बनेको छ।

First Sports and Music Festival 2019 Promo

We welcome everyone at the concert with Sugam Pokharel, Shiva Pariyar, Trishna Gurung and Gagan Pun this Saturday at Wyatt Park.Starting at 4PM.We also have a football match starting at 8AM so join us.Thank you 8848 Media for the video.

Posted by MONA Australia – Myagdi Overseas Nepalese Association on Tuesday, August 27, 2019

आउदो शनिबारको कार्यक्रममा बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म १२ फुटबल टिमहरु बिच फुटबल प्रतियोगिता हुदैछ। दिउसो ३ बजे देखि ४ बजे सम्म गत हप्ता र यस हप्ता बिजयी खेलाडीहरु लाई पुरस्कार वितरण एबम सबै स्पोन्सरहरु लाई सम्मान गर्ने कार्यक्रम रहेको छ । अन्त्यमा ४ बजे देखि ९ बजे सम्मको सांगेतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु ले सांगेतिक प्रस्तुतिहरु दिनु हुनेछ । कार्यक्रम स्थलमा दिन भरि नै नेपाली खाना लागाएत बिबिध स्टलहरु पनि रहनेछन् ।

मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोक्काले खेल र संगीतलाई एकै ठाउँमा राखी सबै खेलप्रेमीहरु र संगीत प्रेमीहरु बिचको आपुर्ब मिलन र भाइचाराको उदेश्यले यो फेस्टिभलको आयोजना गरिएको बताउनु भयो । बिल्कुलै पारिबारिक बाताबरणमा निशुल्कस् प्रवेश सहितको उक्त कार्यक्रम परिवार सहित सहभागी हुन पनि संस्थाको तर्फबाट रोक्काले सबै नेपाली दाजु(भाई दिदि(बैनीहरु लाई अनुरोध गर्नु भएको छ। नेपाली टाईम्स अष्ट्रेलिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार