बेनीमा अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु

बेनी,विहिबार भदौ १२ गते ।
बेनीमा अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सुरु भएको हो । बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । मेयर श्रेठले विद्यालय स्तरमा विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्नुका साथै छात्राहरुलाई फुटबल खेलमा आकसर्षित प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा उपमेयर सन्जु बरुवाल,खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विक लगायतले प्रतियोगिताले छात्राहरुलाई फुटबल खेल खेल्न प्रेरित गर्ने बताउनुभयो । बागलुङबाट एक ,पर्वतबाट एक र म्याग्दीबाट ११ गरी १३ विद्यालयले सहभागिाता जनाएको क्लबका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले जानकारी दिनुभयो ।

१४ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम विद्यालयले ३० हजार र द्धितिय हुने विद्यालयले २० हजार रुपैयाँ हात पार्ने क्लबका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँ अनुसार उत्कृष्ट गोल रक्षक , उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता गरी तीन विद्यामा पुरस्कृत गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार