खुल्ला छात्रा फुटबल प्रतियोगिता :पाँच विद्यालयको विजयी सुरुवात (भिडियोसहित)

बेनी,विहिबार भदौ १२ गते ।
बेनीमा विहिबारदेखी सुरु भएको अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा विहिबार देखी सदरमुकाम बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा लिटल गार्डेन एकेडेमी बेनी ,अमर मावि बागलुङ,बेनी सामुदायिक मावि ,माउण्ट एभरेष्ट आवासिय मावि बेनी तथा म्याग्दी बहुमुखी क्यामपस बेनीले विजय सुरुवात गरेका हुन् ।

लिटल गार्डेन एकेडेमी बोर्डिङ स्कुल बेनीले प्रकाश मावि बेनीलाई ,अमर मावि बागलुङले बालमन्दीर मावि बेनीलाई ,म्याग्दी बहुमुखी क्याम्पस बेनीले बेनी आवासिय माविलाई ,बेनी सामुदायिक माबि बेनीले न्यु होराइजन आवासिय मावि पर्वतलाई तथा माउण्ट एभरेष्ट आवासिय मावि बेनीेले न्यु वेष्ट पोइन्ट आवासिय मावि बेनीलाई पराजित गरेका छन् ।

प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा पर्वतबाट एक,बागलुङबाट एक तथा म्याग्दीका ११ गरी १३ विद्यालय सहभागि छन् ।
१४ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम विद्यालयले ३० हजार र द्धितिय विद्यालयले २० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका कार्यवाहक अध्यक्ष सबिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट गोल रक्षक ,उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता गरी तीन विद्यामा खेलाडिलाई पुरस्कृत गरिनेछ ।

https://youtu.be/6-lMVOyv09g

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार