अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई

बेनी,शनिबार भदौ १४ गते ।
बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा म्याग्दी बहुमुखी क्याम्पसलाई शून्यका बिरुद्ध तीन गोल गर्दै माउन्टले उपाधि जितेको हो ।

बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस र बीस हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा माउन्टकी डिम्पल गुरुङलाई उत्कृष्ट खेलाडी, म्याग्दी क्याम्पसकी रविना परियारलाई उत्कृष्ट गोलरक्षक, ५ गोल गरेकी माउन्टकी दिपा रोका सर्वा्धिक गोलकर्ता र म्याग्दी एकेडेमी सिंगालाई अनुशाषित टिमको पुरस्कार प्रदान गरिएको थियो । वेष्ट पोइन्टकी दिपशिखा किसानलाई राइजीङ प्येयरको उपाधी प्रदान गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका १३ विद्यालयको सहभागिता थियो । पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले विजय विद्यालयलाई बधाई दिनुहुँदै प्रतियोगिताले छात्राहरुलाई फुटबल प्रति आकर्षित गर्न प्रेरित गर्न सहयोग पुग्ने बताउनुभयो ।


खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विजय विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । क्लबका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठको अध्यक्षता र सचिव सुमित सुवेदीको संचालनका कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार