मोना साउदीको अध्यक्षमा पोडेल

म्याग्दी, शनिबार भदौ २१ गते ।
म्याग्दी प्रवासी नेपाली संघ ( मेाना) साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार सम्पन्न अनलाइन मार्फत प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन मगर , सचिवमा तेक रसाईली सहसचिवमा लक्की छन्त्याल बरिष्ठ कोषाध्यक्षमा पवि शर्मा ,कोषाध्यक्षमा रामु रत्न ,सहकोषाध्यक्षमा ओमकार रसाइली बष्ठि सल्लाहकारमा उद्धिम केसी ,सल्लाहकारमा पौडेल तथा सदस्यहरुमा बुद्धि बर्दिवा, राम प्रसाद छिनाल,भिम राज रसाइली,सन्जोल लामिछाने ,राजकुमार थापा,कृष्ण छिनाल,प्रकाश खत्री ,जयराज श्रीपाली,खिम बहादुर रसाइली ,सागर कुमाइ ,बिरेन्द्र रसाइली र थर्कमान रसाइली चयन हुनुभएको नवनिर्वाचित महासचिव पुन मगरले जानकारी दिनुभयो ।

मोना आईइसीका अध्यक्ष चक्रबहादुर थापाको उपस्थितीमा अनलाइन मार्फत मोना साउदीको नयाँ कार्यसमिति गठन गर्न सफल भएको उहाँले बताउनुभयो । नयाँ कार्यसमितिका अध्यक्ष पोडेलले साउदीमा कार्यरत म्याग्दीहरुको हकहित र अधिकारका लागि काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार