म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा

बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झलक पुन (मंगला) चयन हुनुभएको निवर्तमान अध्यक्ष दिपक सापकोटाले जानकारी दिनुभयो ।

सदस्यहरुमा दामोदर शर्मा (मंगला), गोकर्ण बरुवाल (अन्नपूर्ण), संगिता न्यौपाने (बेनपा), बालिका पौडेल (धवलागिरी), मदन सापकोटा (मंगला), प्रदिप पौडेल (बेनपा), शिव पौडेल (बेनपा), आनन्द पौडेल (बेनपा), दिनेश कार्की (रघुगंगा), सन्दिप थापा (मंगला) रहनुभएको छ । बेनपाका सन्दिप निउरे र मंगलाका बिनोद खत्रीलाई सदस्यमा मनोनित गरिएको छ ।

एञ्जल हार्ड मावि मनमैजुमा सरस्वती क्याम्पसका मानविकी संकाय विभाग प्रमुख तथा परिवारका संस्थापक अध्यक्ष शुशिला शेरचनको प्रमुख आतिथ्यता, दिपक सापकोटाको अध्यक्षता, धन पुन, दिलबहादुर बुढाथोकी र टकबहादुर थापाको उपस्थितीमा कार्यक्रम भएको थियो ।
परिवारमा म्याग्दीबाट अध्ययनका लागि काठमाडौमा पुगेका विद्यार्थीहरु आवद्ध छन् । संस्थाले म्याग्देली विद्यार्थीहरुलाई संगठित गरेर विभिन्न सामाजिक र रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार