स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण

बेनी, शुक्रबार भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ ।

संस्थाका अध्यक्ष दिपक पौडेलको नेतृत्वमा पदाधीकारी र कर्मचारीहरुले सरसफाई र फलफूल वितरण गरेका थिए । बेनी अस्पतालका १३ जना बिरामी र बालगृहका १३ जना बालबालिकालाई फलफूल वितरण गरिएको संस्थाले जनाएको छ । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर चोखालले फलफुल वितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

२०६३ सालमा स्थापना भएको संस्थाले अहिले धवलागिरी गाउँपालिकामा गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सामुदायिक विकास परियोजना अन्तरगत शिक्षा र आयआर्जनका र गर्लस फस्ट परियोजनाको आर्थिक सहयोगमा बाल विवाह न्युनिकरण सम्बन्धीका परियोजना सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार