ताकममा कांग्रेसको जागरण अभियान ,नेकपा परित्याग गरी ९ जना नेता तथा कार्यकर्ता पार्टी प्रवेश

बेनी,शनिबार भदौ २८ गते ।

नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ ले दास्रो जनजागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत शुक्रबार प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ७ ताकममा सम्पन्न भएको छ । ताकमा सम्पन्न जनजागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन मगर ९निरज०ले सम्बोधन गर्नुभयो ।

अभियानलाई सम्बोधन गर्नुहुँदै संयोजक एवम् पुर्व सांसद निरजले सरकारले गरेका ज्यादति र झुठका बारेमा जनस्तरबाट खबरदारी गर्न कांग्रेसले जागरण अभियान संचालन गरेको बताउनुभयो । वर्तमान सरकारले भ्रष्टाचार,मुल्य बृद्धि ,बिकृती ,हत्या हिंसा तथा जघन्य अपराधका घटनालाई नियन्त्रणको साटो बढवा दिएको आरोप लगाउनुभयो ।

शिक्षा ,स्वास्थ्यमा सुधार नभएको र रोजगारी सृजना गर्नमा सरकार चुकेको बताउनुभयो । साथै बालुवातार स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपा महासचिव विष्णु पौडेललाई कारबाही नगरी सरकारले संरक्षण दिएको आरोप लगाउनुभयो ।

सरकार साम्यबादीदिशातर्फ उन्मुख रहेकाले देशको धर्म संस्कृती संकटमा परेको उहाँको भनाई छ ।‘कम्युनिष्ट सरकार काण्ड काण्डैमा फसेको छ’ उहाँले भन्नुभयो, दुई तिहाइ प्राप्त सरकारले जनतालाई निराशा मात्र दियो अरु दिन सकेन । राष्ट्रबादको नाममा सरकारले लम्पसारबादको निती लिएकाले त्यसलाई राक्नका लागि जनस्तरबाट नै दवाब दिनुपर्ने समय आएको बताउनुभयो ।

नेकपाले चुनावको समयमा जनता सामु गरेका बाचा भुलेको उहाँको भनाई छ । सरकारको दमन र गलत क्रियाकलाप प्रती सबै जनता एक जुट हुनुपर्नेमा जोड दिनुभयो । राज्यको चौथो अंग प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको बताउनुभयो ।

अंकुश लगाए पनि पत्रकारले गलत क्रियाकलाप विरुद्ध शसक्त रुपमा कलम चलाउन उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष तथा नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष श्रीप्रसाद रोका मगर,प्रदेश सभा २ का सल्लाहकार खिम बहादुर पुर्जा ,क्षेत्र नं २ का उपसभापति मेकबहादुर पुन मगर ,वडा सभापति क्याप्टेन मनबहादुर भण्डारी लगायतले पार्टीलाई जनताको साथ रहेपनि आन्तरिक गुटउपगुटका कारण पार्टी कमजोर बन्दै गएको औल्याउँदै आन्तरिक रुपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।


वडा सभापती क्याप्टेन भण्डारीको सभापतित्व ,क्षेत्र नं २ का कोषाध्यक्ष तेजिन्द्र थापाको स्वागत तथा नेपाल तरुणदल मालिका गाउँपालिकाका अध्यक्ष राजेन्द्र जुग्जालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा परित्याग गरी ९ जना नेता तथा कार्यकर्ता प्रवेश गरेको क्षेत्र नं २ का उपसभापति पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई क्षेत्र नं २ का अभियान संयोजक तथा प्ुर्व सांसद पुन ,मासलका गाउँपालिका अध्यक्ष तथा तरुणदल म्याग्दीका उपाध्यक्ष रोका मगर र वडा सभापति क्याप्टेन भण्डारीले दोसल्ला तथा अविर लगाएर स्वागत एव्म सदस्यता पत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार