बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर मजदुरको मृत्यु

बेनी,शुक्रबार असोज ३गते । म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा विहान फलामको रड उठाउने क्रममा खुल्ला विजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सुचना अधिकारी ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विहान साढे ९ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भिर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको प्रनि सुचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङका शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ । पोष्टमार्टम पछि आफन्तलाई शब बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखी दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार