बाढी पिडितलाई राहत वितरण

बेनी ,आइतबार असोज ५ गते ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो ।

बाढी पिडितहरुलाई तत्काल राहत स्वरुप पुर्ण रुपमा क्षती भएका तीन परिवारलाई प्रति परिवार १२ हजार , आंशिक क्षती भएका ४ परिवारलाई प्रति परिवार ८ हजार ,पिडित परिवार हेरेर कम्मल ,त्रिपाल तथा विभिन्न ओढ्ने सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

तत्काल राहत स्वरुप जिल्ला विपद व्यवस्थापन कोषबाट ६८ हजार नगद ,९ वटा त्रिपाल र ओढ्ने ओछ्याउने सामाग्री सहयोग गरिएको छ प्रजिअ ढकालले भन्नुभयो । गयराती परेको अविरल बर्षाका कारण बेनी नगरपालिका २ बगरफाँट निवासी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएका छन् ।

भने जिल्लाको अन्य विभिन्न ठाउँमा भौतिक क्षती भएको विवरण प्राप्त भएको उहाँले जानकारी दिनुभयो । बेपत्ता दुई बालिकाको खोजी कार्यलाइ जारी राखिएको प्रजिअ ढकालले भन्नुभयो । यसैगरी बेनीमा रहेको लायन्स बेनी पिस सिटिद्धारा बेनी नगरपालिका २ बगरफाँटका बाढीपिडितलाइ राहत सामाग्री वितरण गरेको छ ।

सिटिद्धारा ३६ हजार बराबरको तिन परियारलाई ग्यास चुलो र भाडाको सेट वितरण गरेको हो । सिटिका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य, निर्वतमान अध्यक्ष लोकेश पुनमगर लगायतको कार्यसमितिको उपस्थितमा बाढी पिडितलाई राहत वितरण गरिएको हो । बाढी पिडितलाइ जिल्ला स्थित सरकारी,रेडक्रस तथा विभिन्न संघसंस्थाले राहत सहयोग वितरण गरेका छन् ।


गयराती अविरल बर्षका कारण करिब ११ ः१५ बजेको समयमा कोटखोलामा आएको बाढीले धार परिवर्तन गरी बस्तीमा पसेपछि बुद्ध एकेडेमी बोद्धिङ स्कुल सहित ,स्थानीय तीन जनाको घरमा पुर्ण रुपमा क्षती पुगेको छ भने भने अन्यको आंशिक क्षती पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार