उडुस मार्ने बिषादी सेवनबाट एक बालकको मृत्यु

बेनी,मंगलबार असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सोमबार दिउँसो बिषादी सेवनबाट गम्भिर विरामी भएका विकलाई उपचारका लागि पोखराको मनिपाल अस्पताल भर्ना गरिएको थियो । गम्भिर विरामी विकको उपचारको क्रममा अस्पतालमा राती मृत्यु भएको मृत्यु भएको सुचान अधिकारी तथा प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार