गायक तथा संगितकार झलक विरहीको सोले पारी…(भिडियो)

बेनी ,शनिबार असोज १८ गते ।
लोक गायक तथा संगितकार झलक विरही थापाको मौलिक लोक दोहोरी गित सोले पारी मायाँको गाउँ छ बजारमा आएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जन्मनुभएका विरही थापाले माया प्रेममा आधारित मौलिक लोक दोहोरी गित सोले पारी बजारमा ल्याउनुभएको हो ।

४७ वटा बढी गितमा संगित भरिसक्नुभएका चर्चित गायक विरही थापाले माया प्रेममा छुट्टिएर बस्नुपर्दाको पिडालाई समेटिएर मौलिक लोक गित बजारमा ल्याएको बताउनु्भयो । गितमा गायक तथा संगितकार विरही थापाले संगित एवम् स्वर भर्नुभएको छ भने गायीका लक्ष्मी घटानले स्वरमा साथ दिनुभएको छ ।

भिडियो ……..

शब्द सिर्जना विपिन पौडेलले गर्नुभएको छ । अहिले सम्म सात एल्बम बजारमा ल्याएक सर्जक एवम् गायक विरही थापाले जानकारी दिनुभयो । गितको म्युजिक भिडियो टि टाईम म्युजिक प्रालिले बजारमा ल्याएको छ । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मी थापाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार