धवलागिरी, मालिका गापा र बेनपामा नेकपाको कार्यकर्ता प्रशिक्षण

बेनी,आइतबार कात्तिक ३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ ।

तस्विर : प्रकाश पौडेल

दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ र बेनीमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रशिक्षणमा नेताहरुले एकताको भावना अनुसार अन्तरघुलन भएर पार्टी गतिबिधिलाई अगाडी बढाउन, स्थानीय, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहलकदमी गर्न र पार्टी अनुशासनप्रति गम्भिर बन्न निर्देशन दिएका छन् ।

यसैगरी वडा तथा पालिका स्तरका कार्यकर्ताहरुले गाउँ केन्द्रित अभियान सञ्चालन गर्न, पार्टी संगठनको एकटा छिटो छुङ्गाउन, चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन र सन्तुलित विकासमा ध्यान दिन सुझाव दिएका छन् ।

ताकममा जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, दरवाङमा जिल्ला अध्यक्ष गोविन्द पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्मा, बेनीमा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र नेता टेकबहादुर विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो ।

दरवाङमा गाउँपालिका कमिटिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव गोविन सिउथानीको सञ्चालन र दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीको स्वागतमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु लगायत जनप्रतिनिधिहरु पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिका, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रम कार्यान्वयनमा सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

बेनीमा नगर कमिटि अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता र सचिव राजकुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो । नेताहरुले सरकारले देशमा शुसासन स्थापना, विकासलाई गति दिन, अपराध, विकृति, बेथिति र भ्रष्ट्राचार नियन्त्रणमा कडा रुपमा प्रस्तुत भएको बताउदै विपक्षिले फैलाएको भ्रममा नपर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार