पाखापानीमा सार्वजनिक सुनुवाई

पाखापानी ,शनिबार पौष २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।


सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा नं. ५ झिँ, ६ पाखापानी, ७ चिमखोला, ८ कुईनेमंगले वडामा भएको विकास निमार्णको र गाउँपालिकाबाट प्रधान गरिने सेवा सुविद्याको बिषयमा कार्यक्रममा भएको थियो । उपस्थ्ति भएकाहरुको प्रश्नको उत्तर दिदै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले गाउँपालिकाबाट प्रदान गरिएका सेवा सुविद्या जनताको घरघरमा आएर दिन थालिएको बताउनुभयो ।

गाउँपालिकका उपाअध्यक्ष कमला तिलिजाले गाउँपालिकामा सबै भन्दा पहिले यातायात, स्वास्थ्य, र शिक्षाको कार्यक्रमहरुलाई प्रथमिकतामा राखेर काम गरिएको बताउनुभयो। उहाँले महिलाहरुको क्षमता बृद्धि गर्न कार्यक्रम र बजेट समेत बिनियोजन गरेको बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविद्याको बिषयमा आएका जिज्ञासाको बारेमा बताउदै जनाताको सुविद्याको लागी सनिबार पनी सेवा प्रदान गर्नको लागी वडा वडामा खटिने गरेको बताउनुभयो । उहाँले जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तीका लागी घुम्ती शिविरको आयोजना गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उठेका प्रश्नहरुको सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिएका थिए। गाउँपालिकको आयोजना रेडियो म्याग्दी १०४.४ मेघाहर्जको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख दयाराम पौडेल, लेखापाल त्रिबिक्रम सुवेदी वडा न ५ का अध्यक्ष मनबहादुर शरेपुर्जा लगाएतले बल्नुभएको थियो ।
कार्यक्रम ६ न वडाका अध्यक्ष मनकुमार शेरमुञ्जाको अध्यक्षता पत्रकार निर्मल खत्री र राकेश शर्माको सहजिकरणमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार