८ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ,शुक्रबार मंसिर १३ गते । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४र४ किलो सुनसहित पक्राउ गरिएको हो।नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए। उपाध्यायकाअनुसार तस्करीको सुन बोक्ने मालिक वा भरिया को हुन् भन्ने खुल्न सकेको छैन । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार