जेसिज कप ःन्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमी फाइलनमा प्रवेश (तस्बिर सहित)

बेनी ,शुक्रबार मंसिर १३ गते ।
म्याग्दी सदरमुकाम बेनीमा जारी १८ औं नरेश मोवाइल अन्तर मावि स्तरिय जेसिज कप फुटबल प्रतियोगिताको फाइनल खेलका लागि दुई विद्यालय प्रवेश गरेका छन् । म्याग्दी जेसिजको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेमडेमी फाईनलमा प्रवेश गरेका हुन् ।

रोचक भएको सेमिफाइनल खेलमा बेनी बोर्डिङलाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायीकलाई १ का विरुद्ध २ गोल गर्दै बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका हुन् । मंगलबार देखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले भाग लिएका थिए । जेसिज कप जितका लागि दुई विद्यालयको फाइलन खेल शनिबार हुने आयोजकले जनाएको छ ।


ग्रामिण विद्यालयका विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगितोको आयोजना गरिएको आयोजक जेसिज म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।


चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।
प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो ।


सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर९रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार