पाउद्धारमा सामुदायीक भवनको उद्धघाटन

सुरेन गुरुङ
शिख ,आइतबार मंसिर १५ गते
म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका –५ पाउद्धार स्थित सिरान गाउँमा नवनिर्मित डाडागाउँ समाज घरको उद्धघाटन गरिएको छ । गाउँपालिका ,गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको सहयोग तथा स्थानीय गाउँबासीको लगानीमा निर्माण भएको भवनको शनिबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले एक कार्यक्रमका विच उद्धघाटन गर्नुभएको हो ।


भवनको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भवन निर्माण संगै स्थानीय बासीलाई सामाजिक काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भवनलाई दिगो रुपमा संरक्षण तथा संचालन गर्ने दायित्य स्थानीयको भएको बताउनुभयो । गाउँपालिकाले आवश्यकताको आधारमा अन्य गाउँमा पनि सामुदायीक भवन निर्माणलाई जोड दिएको बताउनुभयो ।

स्थानीय लालिगुराँस आमा समुहको चार लाख ९८ हजार ८ सय ८५ गाउँपालिकाले २ लाख,गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुुजा पुनको १ लाख ५० हजार रुपैयाँ सहयोग ,डाडागाउँ टोल कोषबाट १ लाख सात हजार तथा स्थानीयको १ लाख पचास हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल एघार लाख ५ हजार ८ सय ८५ रुपैयाँ लागतमा भवन निर्माण भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर तिलिजाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार तिलिजा पुनले सुविधा सम्पन्न भवन निर्माण संगै स्थानीय गाउँबासीलाई सामाजिक कार्यमा सहज हुने बताउनुभयो । कार्यक्रममा आमा समुहकी अध्यक्ष जसमति तिलिजा पुनले पहिले सामुदायीक भवन नहुँदा सामाजिक काम गर्न समस्या भएको बताउँनुहुँदै भवन निर्माण संगै गाउँबासीलाई सहज भएको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु दिर्ज रन्तिजा ,राजेश तिलिजा र धनबहादुर पाइजा लगायतले बोल्नुभएको थियो । आमा समुहकी अध्यक्ष गर्बुजा पुनको अध्यक्षता ,सचिव कुमारी पाइजाको स्वागत तथा पाउद्धार माविका शिक्षक मन बहादुरको पाईजाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चन्दादाताहरुलाई माला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार