म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा

काठमाडौं,आइतबार मंसिर १५ गते । म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले फाइनलमा स्थान बनाएको हो ।

शनिबार भएको खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि साग इतिहासमा महिला भलिबलको फाइनलमा स्थान बनाउन सकेको थिएन ।

श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को जित निकालेको थियोे । त्यस्तै दोस्रो सेटमा २५–१८ को जित निकालेको नेपालले अन्तिम सेटमा मा २५–२१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

योसँगै श्रीलंका स्वर्ण जित्ने अवसरबाट वञ्चित भएको छ । यता जित निकालेको नेपालले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला भलिबलको इतिहासमा भारतलाई हालसम्म हराउन सकेको छैन । समूह चरणको दोस्रो खेलमा पनि नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा भने बगलादेशलाई सोझो सेटमा पराजित गरेको थियोे । अब नेपालले फाइनलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । baahrakhari

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार