न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा

बेनी शनिबार पौष २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो ।
साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले सहकारीले महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि योजना बनाउनुपर्ने बताउनुभयो । महिलाहरुलाई आन्तनिर्भर बनाउनका लागि सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाई थियो । फजुल खर्चलाई घटाएर सहकारीमा बचत गर्न महिलाहरुलाई अनुरोध गर्नुभयो ।

सात सय ५६ जना शेयर सदस्य रहेको सहकारीले १ करोड १५ लाख ८९ हजार पाँच सय रुपैयाँको कारोवार गरेको सञ्चालक समितिकी सचिव ममसरा कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न संगै सहकारी आफ्नै भवनको कार्यालयबाट संचालन हुने जानकारी दिनुभयो । भवनलाई आवश्यक जग्गा ६० प्रतिशत सञ्चालक समितिकी कोषाध्यक्ष गौमति चापागाईले दान गर्नुभएको थियो भने ४० पतिशत सहकारीले लगानी गरेको थियो ।


सहकारीले गत आर्थिक वर्षमा १५ लाख ८९ हजार ५ सय रुपैयाँ बढी मुनाफा गर्न सफल भएको कोषाध्यक्ष गौमति चापागाईले बताउनुभयो ।
सहकारीकी अध्यक्ष याममति रोका मगरले सहकारीको स्थापना देखि बिभिन्न समस्याका बावजुद पनि आर्थिक आम्दानी गर्न सफल भएको बताउनुभयो । महिलाहरुले आर्जन गरेको सानो सानो पुँजीलाई बचत गरी उद्यमशिल बनाउन सहकारीले भूमिका खेलेको अध्यक्ष रोका मगरले बताउनुभयो । साथै उहाँले छोटो समयमा नै सहकारीले भवन निर्माण गर्न सफल भएको बताउनुभयो ।

सहकारीले आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन उद्यम तथा अन्य क्षेत्रमा लगानी गनर्,े शेयर संख्यालाई बढाउने तथा महिला शसक्तीकरणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चलन गर्ने योजना बनाएको छ । कार्यक्रममा जग्गादाता चापागाईलाई कदरपत्र र दोसल्ला तथा उत्कृष्ट समुहलाई र असल कारोबार गर्ने दुई जनालाइ प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार