बैंकर्स संघको अध्यक्षमा दाहाल

काठमाडौं,मंगलबार मंसिर १७ गते । बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए ।

संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन् । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघमा सदस्यहरु गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका छन् ।

संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार