अमेरिकाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र उपकरण हस्तान्तरण

काठमाण्डौं ,मंगलबार मंसिर १७ गते ।
नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष आज हस्तान्तरण गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक कार्ल ए रिशिमले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।नेपाल प्रहरीलाई पोलिग्राफ प्रविधिको शुरुआतदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदैआएको छ । अहिलेसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था, ११ स्थानमा सुविधासम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नाका साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ ।

यसैगरी, अमेरिकी राजदूतावासले नेटवर्किङ उपकरण हस्तान्तरणसमेत गरेको छ । दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी ९पूर्व०, जुम्ला, कालीकोट, डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरण सहयोग गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक रिशिमले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।khasokhas

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार