प्रेस संगठन म्याग्दीको संयोजकमा खत्री र सहसंयोजकमा बानियाँ

म्याग्दी,मंसिर विहिबार मंसिर १९ गते । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा, धिरन खत्री, श्रीकृष्ण भुषाल, बामदेव रिजाल, पदम विश्वकर्मा, भुपेन बानिया, समिर रोका, सन्दिप शर्मा, शिव बोहोरा, ममता बराइली र प्रिया कार्की रहेका छन् । संयोजक साविक प्रेस सेन्टर म्याग्दीका अध्यक्ष हुनुहन्छ भने सहसंयोजक बानियाँ प्रेस चौतिका सचिव ।

प्रेस संगठनका केन्द्रीय सदस्य प्रकाश पौडेलको अध्यक्षता र सन्तोष गौतमको सञ्चालनमा भएको भेलामा तत्कालीन दुवै संगठनका सदस्यहरुको उपस्थिति थियो । भेलामा नेकपा म्याग्दीका कार्यालय सदस्य तथा प्रचार विभाग प्रमुख बालकृष्ण सुवेदीले पत्रकारिताको संरक्षण र प्रर्वद्धनमा प्रतिवद्धता जनाउनुभयो ।सुवेदीले म्याग्दीका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एकतावद्ध बनाउन, सञ्चार माध्यम र समाचारलाई खोजमुलक एवम् प्रभावकारी बनाउन संगठनले ध्यान दिन आग्रह गर्नुभएको थियो ।

राज्यका गतिबिधिको निगरानी बढाउन, स्वच्छ आलोचना गर्न र रचनात्मक सञ्चार सामग्री मार्फत जिल्लाका समस्याको उठान तथा समाधानमा प्रेस संगठनले नेतृत्व गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा प्रेस संगठनका नेता सुरज केसीले पत्रकारिताप्रति आकर्षण बढाउन र टिकाउन जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार