गलकोट कोतको संरक्षण सम्वर्दन गर्न सरोकारवालाको चासो

थम्मन थापा
बागलुङ ,शनिबार मंसिर २१ गते ।

गलकोट बाईसे चौबिसे राज्य अन्तर्गत एउटा तत्कालिन राज्य थियो । गलकोट नगरपालिका ३ हटिया बजार देखि माथि गोलकोत कोत घर छ जहाँबाट गलकोटको नामाकरण भएको थियो । ऐतिहाँसिक धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको गलकोट कोत संरक्षण सम्वर्दन गर्न यतिबेला गलकोट नगरपालिका ३ नं वडा कार्यालयले चासो देखाएको छ ।

टाकुरीमा रहेको गलकोट कोतको आफनो महत्व छ । चैते दशैंमा उक्त स्थानमा हजारौं श्रद्वालु भक्तजनहरु पुग्ने गर्दछन । यसको संरक्षण सम्वर्दन नगरे भावी पुस्तालाई यो गलकोत कोत केवल ईतिहाँसमा सिमित नहोला भन्न सकिन्न । अहिले स्थानिय सरकार, राजनैतिक दल र सरोकारवालाहरुले यो विषयमा निकै चासो र चिन्ता व्यक्त गर्न थालेका छन । गलकोट कोतघरको जिर्णोद्वार गर्ने विषयमा सरोकारवालहरु बिच शनिबार अन्तरकृया गरियो । गलकोट नगरपालिका वडा नं ३ आयोजनामा भएको अन्तरकृयामा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गरैले गलकोटको ऐतिहाँसिक र पुरातात्विक महत्व झल्काउन र यसको संरक्षण सम्वर्दन गर्न गलकोट नगरपालिकाले आवश्यक गृहकार्य गर्ने बताए ।

गलकोट कोत गलकोटेहरुको साँझा सम्पति भएको हुँदा यसको संरक्षण र विकासमा सबैले आ(आफनो क्षेत्रबाट भुमिका निर्वाह गर्नु पर्ने नगर प्रमुख शर्माको भनाई छ । अन्तरकृयामा बोल्ने वक्ताहरुले गलकोट कोतको विषयमा विस्तृत अध्ययन समिति तयार गरेर विज्ञ सँग आवश्यक छलफल गरि यसको ऐतिहाँसिक, पुरातात्विक महत्वलाई समेत झल्काउने गरि पुर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिए।

पहिले यसको सम्पुर्ण कुराहरु अध्ययन गरेर आवश्यक डिपिआर तयार गरि आन्तरिक तथा बाह्य पर्यटकलाई गलकोटमा भित्राउनु पर्ने उनीहरुले धारणा राखे । अन्तरकृयामा गलकोट क्षेत्रका जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, समाजसेवी, बुद्विजीवी, पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । अर्को विस्तृत भेला आगामी मंसिर २८ गते आयोजना गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार