द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि लिम्बुलाई

काठमाण्डौ,आइतबार मंसिर २२ गते ।

हिमालय टिभीबाट प्रसारण हुँदै आएको नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ को उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति राजधानीको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा लिम्बु द भ्वाइस अफ नेपालको सिजन २ को विजेता बन्नुभएको हो । कोच प्रमोदको टिममा रहनुभएका उहाँले सर्वाधिक भोट पाएको आधारमा विजेता बन्नुभएको हो ।

लिम्बुले जित पछि फेसबुक मार्फत सबैलाई धन्यवाद दिनुहुँदै ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’उहाँसंगै टिम राजु बाट सनिश श्रेष्ठ, टिम आस्था बाट आरिफ राउफ र टिम दिप बाट विकास लिम्बू फाइनलमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार