म्याग्दी सहकारीको साधारणसभा,अध्यक्षमा पुन

म्याग्दी,आइतबार मंसिर २२ गते ।
म्याग्देलीहरुको संस्था म्याग्दी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १२ औँ साधारणसबाट सहकारीको अध्यक्षमा पुनः थदेवी पुन अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सहसचिव टकबहादुर थापा, सहकोषाध्यक्ष छकप्रसाद छन्त्याल रहनुभएको छ ।

साधारणसभाबाट सदस्यहरुमा केशबहादुर गौचन,लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्क नारायण घर्तीमगर, लेखा समिति संयोजक चित्रबहादुर पुन, सदस्यहरुमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल रहेका छन् ।

बार्षिक साधारण सभाको उद्घाटन गदै महालेखा नियन्त्रक तथा भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पुर्व सचिव गोपीनाथ मैनालीले सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीमार्फत सामाजिक रुपान्तरण सहित राज्यको आर्थिक नितिलाई समेत सफल बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सहकारीमा म्याग्दी जिल्लाका साविक ४१ गविसभित्रका सेयर सदस्यहरु रहेका छन् । १६६० जना सेयर सदस्य रहेको सहकारीमा ७ करोड ५० लाख शेयर पुँजी, २९ करोड १८ लाख बचत र ३७ करोड ६० लाख लगानी रहेको छ । सहकारीमा १९ प्रतिशतले बचत र १० प्रतिशतले लगानी बढेको छ ।

कार्यक्रमको अध्यक्ष थदेवी पुन, स्वागत उपाध्यक्ष कृष्णबहादुर केसी र सञ्चालन दिपबहादुर छन्त्यालले गर्नुभएको छ ।सहकारीले साधारण सभाको अवसरमा २०७५ सालको एसई.ई मा उत्कृत्ट जिपिए ल्यानउने सामुदायीक विद्यालय तर्फबाट राष्ट्रिय मावि घतानबाट ३.७ जिपिए ल्याउने निशान चोखाल, गलेश्वर मावि घतानबाट ३.६४ जिपिए ल्याउने मनिषा किसानलाई नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै संस्थागत विद्यालयबाट माउण्ट एभरेष्ट आ.मा.वि बाट ३.८ जिपिए ल्याएर सलिना राम्जाली, बेनी बोर्डिङका ३.७५ जिपिए ल्याएका लाई सम्मान गरेको छ । शेयर सदस्यका छोराछोरीबाट उत्कृष्ट जिपिए ल्याउने, उत्कृट कारोबार गर्ने सदस्यलाई पनी सम्मान गरिएको थियो ।


देश विदेशमा रहेको म्याग्देलीहरुको स्वाभिमान र गरिमालाई संसारभर चिनाउने गरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका निर्मल पुर्जालाई पनी सम्मान गरिएको सहकारीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार