न्युयोर्कमा कारको ठक्करबाट गम्भिर घाइते सेती महरको उपचारको क्रममा निधन

बेनी ,आइतबार मंसिर २२ गते ।
अमेरिकाको न्युयोर्कमा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीका सेती महरको निधन भएको छ । सेप्टेम्बर ३० तारिखमा न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका खिम सेती महरको निधन भएको हो ।

सख्त घाइते सेती महरको उपचारको क्रममा (नोभेम्बर ३० तारिख) नेपाली समय अनुसार गत शनिबार मंसिर १४ गते विहान निधन भएको उहाँको गाउँका आफन्त जगत पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सख्त घाइते सेती महरको उपचारको क्रममा नासु युनिभर्सिटी मेडिकल सेन्टरमा निधन भएको हो ।

सख्त घाइते सेती महरलाई उपचारका लागि नासु युनिभर्सिटी मेडिकल सेन्टरको आईसीयुमा भर्ना गरिएको थियो । मृतक सेती महरकी श्रीमती घनदेवी नेपालबाट आएपछि शव जिम्मा लगाइने अस्पतालले जनाएको छ ।

३७ बर्षिय सेती महरलाई न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा तीब्रगतिमा आएको कारले ठक्कर दिएको थियो । २ बर्ष अगाडि अमेरिका पुग्नुभएका सेती महर न्युयोर्कमा बस्दै आउनुभएको थियो ।

उहाँको स्वास्थ्योपचारमा सहयोग पु¥याउनका लागि गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिएको थियो । उहाँको परिवार, लङ आइसल्याण्ड नेपाली समाज, एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर र म्याग्दी समाज न्युयोर्कका तर्फबाट २५ हजार डलरको लक्ष्यसहित सहयोग संकलन अभियान चलाइएको थियो । सेती महरका श्रीमति र तीनजना छोराछोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार