सिमा अतिक्रमणको बिरोधमा जिल्ला प्रशासन अगाडी शान्ति समाजको धर्ना

बेनी ,मंगलबार मंसिर २४ गते ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११।३० बजेसम्म धर्ना बसेका हुन् ।

भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर हालै प्रकाशन गरेको नक्सा सच्चाउन तथा नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गराउनुपर्ने माग सहित धर्ना बसेका थिए ।

देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा धर्ना कार्यक्रम आयोजना गरिएको शाखा सभापति नवराज पौडेलले जानकारी दिनुभयो ।
समाजका पूर्व बरिष्ठ उपसभापति राम्जीप्रसाद सुवेदीले सरकारले नक्सा सच्चाउन भारतसंग गरेको कुटनीतिक पहलको वेवास्ता गरेमा अन्तराष्ट्रिय समुदायको साथ लिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार