म्याग्दी न्युज डटकमका प्रकाशक राम्जाली मगर सम्मानित

दरबाङ्ग ,मंगलबार पुस ०१ गते ।

म्याग्दी न्युज डटकमका प्रकाशक साधन (राम्जाली)घर्ति मगर सम्मानित हुनुभएको छ ।
जिल्लामा क्रियाशिल पत्रकार राम्जाली मगर म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भइ हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाउण्डेशद्धारा सम्मानित हुनुभएको हो ।

सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा राम्जालीलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगरले दश हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

पत्रकार राम्जाली म्याग्दी न्युज डटकम ,आदर्श समाज राष्ट्रिय दैनिक ,फेवा टेलिभिजन ,नाइस टेलिभिजन लगायत विभिन्न संचार माध्यममा आवद्ध हुनुहुन्छ । पत्रकारिता माध्यमबाट ग्रामिण क्षेत्र देखी देशविदेश सम्म सुचना तथा समाचार प्रवाह गरी योगदान पु¥याएको भन्दै सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार