नेपाल मगर विद्यार्थी संघ,४ नम्बर प्रदेशको अध्यक्षमा आले र सचिवमा म्याग्दीका रोका चयन

बागलुङ ,आइतबार पुस ६ गते ।

नेपाल मगर विद्यार्थी संघ ,४ नम्बर प्रदेशको अध्यक्षमा बागलुङका विष्णु आले चयन भएको छ । भने सचिवमा म्याग्दीका समिर रोका । पौष ४ गतेदेखि बागलुङमा सुरु भएको प्रथम अधिवेशनबाट आले अध्यक्षमा चयन हुनुभएको हो । उहाँको अध्यक्षताका १९ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

जसको उपाध्यक्ष प्रेम बुढा मगर (कास्की) भाषिक उपाध्यक्षमा बसन सारु मागर (तनहुँ), ध्रुब राना मगर (कास्की), महिला उपाध्यक्षँ उमा देवी पुन मगर (पर्वत) सचिवमा समिर रोका मगर (म्यादी), सह–सचिवमा सुजन पुन मगर (पर्वत) र कोषाध्यक्षमा लक्ष्मी पुन मगर (कास्की) रहेका छन् भन्य सदस्यहरुमा चयन हुनुभएकाे छ ।

नवगठित समितिले ६ जना सदस्य मनोनित गर्ने बताइएको छ । कार्यक्रममा चार नम्बर प्रदेशका ८ जिल्लाका विद्यार्थीहरु सहभागी रहेका थिए । अधिवेशनमा नवलपुर, मनाङ र स्याङ्जाका विद्याार्थीहरु सहभागी नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार