छहारी युवा क्लबको ३३ औं बार्षिकोत्सव :भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ एसकेवाइसी र महिलातर्फ जनसाहारालाई

दरबाङ,बुधबार पुष ९ गते ।
म्याग्दीको मालिका गाउँपालिका –४ फुलबारीमा रहेको छहारी युवा क्लबले वार्षिकोत्सव मनाएको छ । क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो । क्लबको आयोजनामा १ गतेदेखी संचालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता सहित विभिन्न कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक रमेश पुन मगरले जानकारी दिनुभयो ।


बुधबार सम्पन्न पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइलन खेलमा पुरुषतर्फ एसकेवाइसी तोरीपानी प्रथम भएको छ भने महिला तर्फ जनसाहारा युवा क्लब डाँडागाउँ प्रथम भएको खेलकुद संयोजक विकास मल्लले जानकारी दिनुभयो ।

फाइनल खेलमा एसकेवाइसी युवा क्लब तोरिपानीले जनकल्याण युवा क्लब निस्कोट र जनसाहारा युवा क्लबले तामाखानी युवा क्लब ओखरबोटलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको थियो । फाइनल खेलमा पुरुष भलिबल प्रतियोगितामा एसकेवाइसी तोरिपानीले जनकल्याण युवा क्लब माथि एकका विरुद्ध तीन सेट र महिलातर्फ जनसाहारा युवा क्लबले तामाखानी युवा क्लब माथि शुन्यका विरुद्ध दुई सेट जित निकाल्दै विजयी बनेका थिए ।

जित संगै पुरुषतर्फ एसकेवाइसी तोरिपानी र जनसाहारा युवा क्लबले क्रमश ः ४० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा १५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन् भने उपविजेता बनेको जनकल्याण युवा क्लब र तामाखानी युवा क्लबले क्रमश ः२५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा ८ हजार रुपैयाँ मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका छन् । यसैगरी तारोखेल प्रतियोगितामा मालिका आर्चरी क्लब दरबाङ विजेता तथा नवसिर्जना युवा क्लब रुन्मा उपविजेता बनेको छ । विजेता मालिका आर्चरी क्लब दरबाङले ३५ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपविजेता नवसिर्जना युवा क्लबले २० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको क्लब सचिव दिनेश पुन मगरले जानकारी दिनुभयो ।

साथै कार्यक्रममा सालैजो नृत्य प्रतियोगिता ,पुरुष तथा महिला लठो तान्ने प्रतियोगिता ,पुरुष तथा महिला छेलो प्रतियोगिता लगायत विभिन्न खेलकुदमा विजेता र उपविजेतालाई पुरस्कारले सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष सुजन हमालले खेलकुदको प्रवद्र्धन तथा मौलिक कला संस्कृतीको उजागर तथा संरक्षण गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिता संचालनमा आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष हमालले भन्नुभयो ‘प्रतियोगिताबाट आउने आम्दानी सामाजिक कार्यमा खर्च गर्नेछौं । ’ क्लबका पुर्व अध्यक्ष तुलनारायण बुढा र पुर्व सचिव कमल सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार