राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान

म्याग्दी,विहिबार पौष १० गते । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नेपाल जेसिजको राष्ट्रिय युवाबाट सम्मान हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिजले राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल जेसीजको रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको हो ।

भलिवल क्षेत्रबाट म्याग्दीसंगै नेपालको नाम अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै शाहीले खेलकुद क्षेत्रबाट नेपाललाई दिएको योगदानलाई उतकृष्ट खेल विधामा छनोट गर्दै राष्ट्रिय सम्मान गरेको जेसिजले जनाएको छ । शाहीको सम्मानका लागि म्याग्दी जेसिजले सिफारिस गरेको थियो । नेपाल जेसिजले हरेक बर्ष देशभरका उतकृष्ट १० जनालाई सम्मान गर्दै आएको छ ।

शाहीको कप्तानीमा रहेको भलिबल टिमले बंगलादेशको ढाकामा भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो । भने १३ औ दक्षिण एशियाली खेलमा उतकृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई रजत पदक दिलाउन सफल भएका थिए । शाहीले कप्तानी समाले पछी छोटो समयमा ठूलो फड्को मारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार