स्थानीय तह र गाउँबासीद्धारा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाहीलाई सम्मान

बेनी ,शुक्रबार पौष ११ गते । राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जन्मगाउँमा भब्य सम्मान गरिएको छ । शाहीलाई रघुगंगा गाउँपालिका–३ स्थित राखु पिप्लेमा गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको ३ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी भण्डारी लगायतले सम्मान गरेका थिए ।

शाहीलाई गाउँपालिकाले २५ हजार ५५५ रुपैया नगद, सम्मानपत्र, वडाले नगद रु ५ हजार र ५ हजार बराबरको जिन्सि सामानसहित सम्मानपत्रले सम्मान गरेका थिए । सोही कार्यक्रममा रघुगंगा हाइड्रो पावर लिमिटेडले १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको थियो ।

त्यसैगरि नेकपा गाउँपालिका अध्यक्ष कार्कीले नगद ५ हजार, घरमपानी आमासमुहले नगद ५ हजार ५५५, प्रगतिशिल आमासमुहले २ हजार, उदा आमासमुहले ५ हजार रुपैयाँ र नवसन्तोष युवा क्लवले नगदसहित फुलमालाले सम्मान गरेका थिए । स्थानीयस्तरमै जन्मिएर खेल क्षेत्रमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएकी कप्तान शाहीको हौसला प्रदान नभप्रतिभालाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मल्लले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले शाहीले खेलकुद क्षेत्रबाट गाउँपालिका, जिल्ला र देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन महत्वपुर्ण योगदान रहेको बताए । उनले खेलकुदको क्षेत्रको विकासमा गाउँपालिको प्राथमिकतासाथ योजना निर्माणसंगै बजेट विनियोजन गरेको बताए । जन्मथलोमा सम्मानित हुन पाउँदा आफुलाई थप हौसला मिलेको खेलाडी शाहीले बताईन ।शाहीले राष्ट्रिय भलिवलको टिमको नेतृत्व गर्दै बंगलादेशको ढाकामा भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो । भने १३ औ दक्षिण एशियाली खेलमा उतकृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई रजत पदक दिलाउन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार