जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग

बेनी ,शनिबार पौष १२ गते ।
यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

साथै दश हजार रुपैयाँ सहयोग संगै खड्का शान्ति कोषको आजिवन सदस्य बन्नुभएको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो । खड्काको जन्मदिनको अवसरमा शनिबार उहाँकी आमा रामकुमारी खड्काको उपस्थितीमा शान्तिकोषको कार्यालयमा केक काटेर जन्मदिन मनाइएको छ । आर्थिक सहयोग खड्काकी आमा रामकुमारीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।

शान्ति कोषका अध्यक्ष शाक्यले जन्मदिनको शुभकामना व्यक्त गर्नुहुँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जन्मदिनमा हुने फजुल खर्च कटाएर खड्काले गरिब तथा विपन्न परिवारको घाउमा मलम लगाउने काम गरेको बताउनुभयो । ‘जिल्लामा आर्थिक अभावका कारण उपचारबाट बञ्चित गरिब तथा विपन्न परिवारका विरामीलाई सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गरिएको हो,’ अध्यक्ष शाक्यले भन्नुभयो । ‘विरामीको सिफारिसमा विरामीको प्रकृतीको आधारमा कोषको ब्याजबाट आर्थिक सहयोग गर्दै आएका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार