विविध कार्यक्रम सहित जनप्रिय माविले मनायो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

बेनी,मंगलबार पौष १५ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित जनप्रिय माविले ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै पुरानो सो विद्यालयले मंगलबार दरबाङमा बार्षिकोत्सव तथा अभिभावका दिवस मनाएको हो । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनप्रिय मावि पश्चिम क्षेत्रको मात्र नभइ समग्र जिल्लाकै पुरानो शैक्षिक केन्द्रको धरोहर भएको बताउनुभयो ।

उहाँले पश्चिम क्षेत्रलाई लक्षित गरी उच्च माध्यमिक तह सम्म पढाइ संचालन गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रोका मगरले विद्यालयमा विद्यार्थीको चाप बढेपनि न्युन दरबन्दी र आर्थिक अभावका कारण विद्यालय संचालनमा समस्या हुने गरेको बताउनुहुँदै सामुदायीक विद्यालयमा निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । दुर्गम गाउँका विद्यालय र विद्यार्थीको संख्या तथा आवश्यकताका आधारमा वितरण हुने उहाँले भन्नुभयो ।

कार्यक्रमममा गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले न्युन दरबन्दी र अभावका कारण दुर्गम गाउँमा विद्यालय संचालन स्थानीयलाई समस्या हुने गरेको बताउनुभयो । उहाँले विद्यालयमा गुुणस्तर बढाउन शिक्षक अभिभावक संगै विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष दिलिपकुमार शेरचन,वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदी ,प्रभु बैंक दरबाङ शाखाका प्रबन्धक विपिन चोखाल र विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष छविलाल विश्वकर्मा लगायतले शुभकामना दिनुभएको थियो ।

विद्यालयका प्रअ दिवाकर सुवेदीले विद्यालय प्रश्चिम भेगको मात्र नभई जिल्लाकै शैक्षिक धरोहरको केन्द्र भएको बताउनुहुँदै उच्च माध्यामिक विद्यालय संचालनका लागि स्थानीय ,प्रदेश र संघिय सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार विद्यालयमा ७ सय जना बढी विद्यार्थी अध्यापनरत छन् । लेखा शिक्षक जगतकुमार सापकोटाले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर कार्कीको अध्यक्षता ,विद्यालयका प्रअ सुवेदीको स्वागत र प्रगती प्रतिवेदन तथा शिक्षकद्धय बालकृष्ण शर्मा र नगेन्द्र बहादुर खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही कार्यक्रमको अवसरमा दरबाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यालयमा अध्ययनरत दश जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई झोला र स्ेटशनरी सामाग्री वितरण गरेको प्रअ सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरबाङमा व्यवसाय गर्दै आउनुभएका भिमसेन सपिङ सेन्टरका रामबहादुर अधिकारीले ४० थान स्वीटर तथा विशाल फेसन हाउसका दिल सुन्दर अधिकारीले १५ थान स्वीटर वितरण गर्नुभएको थियो । यसैगरी विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित सेभेन ए साइड फुटसल प्रतियोगितामा प्रथम र द्धितिय हुन सफल जनप्रिय मावि र मालिका जनहित बोर्डिङ स्कुल सहस्रधारालाई क्रमश १२ हजार , ट्रफी, मेडल र प्रमाणपत्र तथा ६ हजार रुपैयाँ मेडल, प्रमाणपत्र वितरणले पुरस्कृत गरिएको थियो । विद्यालयमा आयोजित फुटसल प्रतियोपिगताको प्रायोजकको रुपमा सहयोग गर्नुभएका भिमप्रसाद गौतम ,सिता सुवेदी र प्रेमलाल कंडेललाई पनि सम्मान गरिएको थियो भने शिक्षक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । तस्बिर : प्रअ दिवाकर सुवेदी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार