रिहगाद बहुद्धेश्यीय सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनःछन्त्याल

बेनी,बुधबार पौष १६ गते ।
म्याग्दी सदरमुकाम बेनीमा संचालित रिहगाद बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको १२ बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीको मंगलबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा पुनःगमान छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष छन्त्याल संगै उपाध्यक्ष शान्ति पुन मगर,सचिव धनबहादुर छन्त्याल ,कोषाध्यक्ष हिराबहादुर पुन मगर र सहसचिव सुमित्रा मल्ल संगै ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संस्थाको लेखा संयोजकमा मुकुन छन्त्याल र ऋण उपसमितिमा उदयप्रसाद छन्त्याल चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै सहकारीका संस्थापक अध्यक्ष चित्रमान छन्त्यालले शुभकामना व्यक्त गर्नुभयो । उहाँले आर्थिक कारोबार संगै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महादेब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम छन्त्याल ,सल्लाहकार समिति सदस्य बिरबहादुर पुन मगर ,चन्द्रमान छन्त्याल र मनबहादुर छन्त्याल दगायतले बोल्नुभएको थियो ।

३ करोड ८६ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले चालु आर्थिक बर्षमा २७ करोड रुपैयाँ कारोबार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष हिराबहादुर पुन मगरले जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालको अध्यक्षता सचिव धनबहादुर छन्त्यालको संचालन तथा सहसचिव सुमित्रा मल्लको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी लेखा संयोजक मुकुन छन्त्यालले लेखा प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारीले उत्कृष्ट बजार प्रतिनिधि ,उत्कृष्ट कारोबारकर्ता र उत्कृष्ट कर्मचारीलाई नगद सहित प्रमाणत्रले सम्मान गरेको उत्कृष्ट कर्मचारीलाई नगद सहित प्रमाणत्रले सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार