काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

म्याग्दी,विहिबार पौष १७ गते ।
नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली काँग्रेस रघुगंगा गाउँपालिका कार्य समितिले विविध कार्यक्रम गरेर ४४औँ मेलमिलाप दिवस मनाएको हो । गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै जिल्ला पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरले नेपाली काँग्रेसले विपिको सिद्धान्तमा हिड्नुपर्ने बताउदै सबै एक झुट भएर लाग्न आग्रह गर्नुभएको छ । पार्टी बलियो बनाउन सबै भातृ संस्थाहरुलाई यो गुट त्यो गुट नभनी सिंगो काँग्रेस भनेर हिड्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाका सभापती जिवन कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य ओम छन्त्याल, केवि भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै मालिका गाउँपालिका पनी मेलमिलाप दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । मालिकामा भएको कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि धन बहादुर धन्त्याले अहिले सबै एक भएर पार्टीलाई बलियो संगठनात्म रुपमा बलियो बनाउदै लैजानुपर्ने बाताउनुभयो । नेपाली काँग्रेस प्रदेश चुनाव क्षेत्र न ख को आयोजनामा भएको कार्याक्रममा नेबि संघ म्याग्दीका सभापती निर्मल खत्री, क्षेत्र खका सभापती कमल छन्त्याल लगायत बोल्नु भएको थियो । त्यस्तै बेनी नगरले पनी ४४ औँ मेलमिलाप दिवस मनाएको छ । मंगला, धवलागिरी र अन्नपूर्णमा विविध कार्यक्रमको आयोजना गरि दिवस मनाईएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार